site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कम्पनी सचिवमा प्रमेशराज कायस्था नियुक्त भएका छन् । गएको शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकबाट कायस्थलाई यही मंसिर ९ गतेदेखि लागु हुने गरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरिएको हो ।

कायस्थ करिब १४ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत छन् । हाल उनी सिटिजन्स बैंकको प्रमुख वित्त अधिकृतका रूपमा रहेका छन् ।

वित्त व्यवस्थापन, रणनीतिक योजना तथा धितोपत्र बजारसम्बन्धी विषयमा उनको दक्षता छ । उनी उक्त बैंकको सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडको सञ्चालक पनि हुन् ।

सिटिजन्स बैंकले देशभर ६० जिल्लामा फैलिएका आफ्ना १९७ शाखा कार्यालय, १६२ एटीएम, तीन विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro