site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
इजरायलमा काम गर्ने नेपालीले हुन्डीमार्फत पैसा पठाएकामा दूतावास चिन्तित 
फाइल तस्बिर ।

काठमाडौं । इजरायलमा कार्यरत केही नेपालीले हुन्डीमार्फत नेपालमा पैसा पठाएकामा त्यहाँस्थित नेपाली दूतावासले चिन्ता व्यक्त गरेको छ ।

“नेपालमा आफ्नो कमाइ पठाउन वैधानिक माध्यमहरू ग्लोबल रेमिट/वर्ल्डकम फाइनान्स/जीएमटी/बैंकजस्ता वित्तीय माध्यम हुँदा हुँदै केही अवैधानिक माध्यमहरू हुन्डी/सापटी/ढुकुटीजस्ता तरिकाहरूको अत्यधिक प्रयोग भएको भन्ने सुन्नमा आएकोले यस राजदूतावास चिन्तित छ,” इजरायलको तेल अभिभस्थित नेपाली दूतावासले आइतबार एक सूचना जारी गर्दै भनेको छ ।

इजरायलमा रोजगार गरी बसेका नेपाली समुदायलाई परिश्रमको कमाइ वैधानिक माध्यमबाट आफ्नो देशमा पठाई विभिन्न खाले जोखिमबाट टाढा रहन दूतावासले अनुरोध गरेको छ । “हुन्डी कारोबारहरूबाट सिर्जित व्यक्तिगत लेनदेनका विषयहरूमा दूतावासमा नियमितजस्तो गुनासाहरू आइरहेको हुँदा कुनै पनि बिचौलियाहरूको मिठो बोली र क्षणिक विश्वासमा नपर्न हुन सबै प्रवासी नेपालीहरूमा यस राजदूतावास विशेष अनुरोध गर्दछ,” दूतावासले भनेको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro