site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीतिमा आर्थिक अनुशासन महत्त्वपूर्ण : सांसद ढकाल
Tiktok banner adTiktok banner ad

सिड्नी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले देश छाड्ने युवाको लर्को लागेको बताएका छन् । पार्टीको संगठन विस्तारका क्रममा अस्ट्रेलियाको सिड्नी आइपुगेका उनले मुलुकको बेथितिका कारण यस्तो अवस्थाको सिर्जना भएको उल्लेख गरे ।

सिड्नीमा चितवन समाज अस्ट्रेलियाले आयोजना गरेको अन्तरक्रियामा सांसद ढकालले पुराना राजनीतिक दलले ३४ वर्ष राज्यसत्ताको दुरुपयोग गरेका कारण मुलुक उन्नतिको बाटोमा अगाडि बढ्न नसकेको आरोप लगाए ।

प्रवासका नेपाली परिवर्तनका पक्षमा रहेकाले पनि पछिल्लो निर्वाचनमा नयाँ दल र विचारले नेपाली राजनीतिमा महत्त्वपूर्ण स्थान प्राप्त गर्न सफल भएको उनले बताए । “पछिल्ला दिनहरूमा समाचारका भित्ताहरूमा बालेन, रबि र हर्कले नै महत्त्व पाएका छन्,” उनले भने, “यसको मतलब जनताको पक्षमा काम गर्ने मानिसहरू नै आजको नेपालको आवश्यकता हो भन्ने कुरामा दुई मत छैन ।”

राजनीतिमा आर्थिक अनुशासन नभए विकृति–विसंगति निम्त्याउने उनले उल्लेख गरे । “हाम्रा बाउबाजेले गल्ती गर्दा हामीले दुःख पायौँ, अब हामीले गल्ती गर्नु हुँदैन,” उनले भने ।

आफ्नो क्षेत्रका निम्ति काम नगर्ने उमेदवारलाई भोट नहाले राजनीति सुध्रने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  २०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro