site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलले गर्‍यो दक्षिणी बेरुतमा आक्रमण

बेरुत । इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित हिजबुल्लाहको गढका रूपमा मानिएका केही भाग खाली गर्न दिएको निर्देशनपछि बिहीबार उक्त क्षेत्रमा हवाई आक्रमण गरेकोे छ । एएफपीटीभीले आक्रमणस्थलको तस्बिरसहित इजरायली हमला र ध्वस्त संरचनालाई टेलिभिजनबाट प्रसारण गरेको छ ।

सेप्टेम्बरमा इजरायलले इरान समर्थित जिहादी समूह हिजबुल्लाहविरुद्ध आफ्नो अभियान तीव्र बनाएसँगै पछिल्लो हमलापछि यो क्षेत्रमा धेरै क्षति पुगेको छ । आक्रमणभन्दा केही समयअघि इजरायलले उक्त क्षेत्रका बासिन्दालाई आफ्नो घर तथा वासस्थान खाली गर्न चेतावनी दिएको थियो ।

Argakhachi Cement Island Ad

सेनाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ, “तपाईंहरू हिजबुल्लाहको प्रभाव क्षेत्रनजिकै अवस्थित हुनुहुन्छ भने सावधानी अपनाउनुहोला, इजरायली सेनाले निकट भविष्यमा उक्त क्षेत्रमा आक्रमण गर्दै छ ।”

विज्ञप्तिमा शौइफत अल–ओमरोसिया र घोबीरी क्षेत्रका भवनहरू पहिचान गर्ने नक्सा समेत समावेश गरिएको थियो । रासस/एएफपी

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १४:५२
प्रतिक्रिया दिनुहोस्