site stats
बाह्रखरी :: Baahrakhari
देश
भरुवा बन्दुकसहित एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

सुन्दरबजार (लमजुङ) । जिल्लाको क्व्होलासोथार गाउँपालिका–९, छापागाउँबाट अवैध भरुवा बन्दुकसहित पक्राउ परेका ५० वर्षीय मंगले परियारलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

प्रहरीलाई प्राप्त विशेष सूचना र सुराकिको आधारमा प्रहरी चौकी गिलुङ लमजुङबाट खटिएको टोलीले उनलाई आइतबार पक्राउ गरेको थियो । 

Argakhachi Cement Island Ad

घर नजिक जंगलको भिरमा लुकाइछिपाइ राखेको अवस्थामा एकनाले भरुवा बन्दुकसहित परियारलाई आइतबार पक्राउ गरी आवश्यक सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए ।

“सोमबारसम्म बन्दुक आफ्नो भएको स्वीकार नगरेपछि सोमबार छोडिएको थियो । आवश्यक अनुसन्धानका क्रममा उक्त बन्दुक आफ्नो भएको स्वीकार गरेपछि निजलाई पुनःपक्राउ गरी आज सार्वजनिक गरिएको हो,” प्रनाउ श्रीवास्तवले भने । योसँगै कारबाही प्रक्रिया अघि बढाइएको उहाँले उल्लेख गरे ।

परियारमाथि जिल्ला अदालतबाट मंगलबार सात दिनको म्याद थप गरी हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा थप अनुसन्धान गर्न थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्