site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
निर्मला पन्तको बलात्कार घटनाका प्रत्यक्षदर्शी बताउने नवराजमाथि सीआईबीले गर्‍यो सोधपुछ

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका प्रत्यक्षदर्शी बताउने नवराज अर्यालमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ब्युरो (सीआईबी) ले सोधपुछ गरेको छ । प्राइम टाइम टेलिभिजनमा अर्यालले अन्तर्वार्ता दिँदै आफू निर्मलाको हत्या गरिएको घटनाका प्रत्यक्षदर्शी बताएका थिए । 

नवराजले आफू खानेपानी विभागको सवारी चालक रहेको र कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको प्रत्यक्ष देखेको बताएका थिए ।

Dabur Nepal

प्राइम टाइम टेलिभिजनका सञ्चालक ऋषि धमलासँग सोमबार ‘जनता जान्न चाहन्छ’ भन्ने कार्यक्रममा अन्तर्वार्ता दिँदै निर्मलाका हत्यारालाई कानुनी कठघरामा ल्याउनुपर्ने र आफ्नो सुरक्षाको ग्यारेन्टी गरे बलात्कारका आरोपीबारे सूचना दिने बताएका थिए ।

तीनजनाको समूहले निर्मलाको बलात्कार गरेको उनको दाबी थियो । उनीमाथि सीआईबीले मंगलबार नै सोधपुछ गरेको ब्युरोका एसपी होविन्द्र बोगटीले जानकारी दिए । तर, घटनाको विवरण नै उनले गलत बताउने गरेका छन् ।

एसपी बोगटीले भने, “नवराजले भनेअनुसार कुनै विवरण नै मिल्दैन । गाडीमा भएकै बेला देखेको भन्छन् तर, कुनै कुरा पनि घटनासँग मेल खाँदैन ।”  निर्मलाको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro