site stats
बाह्रखरी :: Baahrakhari
देश
भारतीय स्थल सेनाध्यक्ष पाँचदिने भ्रमणमा नेपाल आउँदै 

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी मंसिर ५ गते नेपाल आउने भएका छन् । नेपाली सेनाले बुधबार विज्ञप्ति जारी गर्दै भारतीय स्थल सेनाध्यक्षको पाँचदिने नेपाल भ्रमणको औपचारिक घोषणा गरेको हो ।

प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष द्विवेदीले मंसिर ५ गतेदेखि ९ गतेसम्म नेपालको भ्रमण गर्न लागेका हुन् । 

Argakhachi Cement Island Ad

भ्रमणका दौरान जनरल द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति महारथी सिग्देलसँग भेटघाट एवं छलफललगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तर्क्रिया र पश्चिम पृतना मुख्यालयको भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

“भ्रमणको मुख्य अंशको रूपमा नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल द्विवेदीलाई सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलले मिति २०८१ मंसिर ०६ गते एक विशेष समारोहबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ,” सेनाको विज्ञप्तिमा उल्लेख छ ।

भ्रमणको दौरान उनले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षा मन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १३:०८
प्रतिक्रिया दिनुहोस्