site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘बैंकको कर्मचारी हुँ भन्दै विवरण माग्ने व्यक्तिबारे सूचना दिनुस्’

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘बैंकको कर्मचारी हुँ, खाता नवीकरण गर्नुपर्नेछ’ भनी फोनमार्फत विवरण मागेर ठगी गर्ने तथा नक्कली खाता खोलेर आर्थिक अपराधका घटना बढ्न थालेको भन्दै यसतर्फ सचेत हुन आमनागरिकमा अनुरोध गरेको छ ।

सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार, पहिलेपहिले बढ्दो प्रविधिको प्रयोगसँगै सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम टिकटक, मेल, वाट्सएप भाइबर, इमेललगायत)को माध्यमबाट चिट्ठा परेको, उपहार आएको, पार्सल आएको जस्ता प्रलोभन देखाएर बैंक तथा वित्तीय संस्थाको अनलाइन पेमेन्ट गेटवेमार्फत रकम ठगी गर्ने गरिएको थियो । हाल हाल ह्याकरले बैंकका कर्मचारी बनेर ठगीका गतिविधि गर्न थालेको उनले बताए ।

प्रवक्ता बोगटीले भने, “त्यसैले हामीले सार्वजनिक सूचना नै जारी गरेर यस्तो गतिविधि हुनेबित्तिकै सीआईबीमा खबर गर्न भनेका छौँ । यसरी फोन गर्ने व्यक्तिबारे समयमै जानकारी आयो भने आर्थिक अपराध रोक्न सकिन्छ ।”

सीआईबीले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, “यस्ता गतिविधि बढ्न थालेकाले त्यस्ता शंकास्पद/अपरिचित नम्बरबाट फोन आएमा आफ्नो व्यक्तिगत विवरण नदिई सो बैंक वा वित्तीय संस्था र नजिकको प्रहरी कार्यालयमा जानकारी दिन अनुरोध गरिएको छ । साथै, यस्ता अनलाइन ठगी/बैंकिङ ठगी कसुरबाट बच्न सर्वसाधारणको जानकारीका लागि सार्वजनिक सूचना जारी गरिएको छ ।”

यता, बैंकले कर्मचारीले ग्राहकबाट कहिल्यै व्यक्तिगत विवरण नमागिने स्पष्ट पार्दै आएको छ । प्रविधिको विकाससँगै फरक खालका आर्थिक अपराधका घटना बढ्न थालेको छ । अन्तरदेशीय आर्थिक अपराध भइरहेकाले चुनौती थपिँदो रहेको नेपाल प्रहरीको निष्कर्ष छ ।

त्यही  कारण  नेपाल प्रहरीले आर्थिक अपराध नियन्त्रण तथा अनुसन्धान ब्युरो स्थापनाको पहल गरेको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले  बताए । प्रहरी प्रधान कार्यालयले उक्त ब्युरोका निम्ति अवधारणापत्र तयार पारी गृह मन्त्रालयमा पेस समेत गरिसकेको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  २२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro