site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायलद्वारा सिरियामा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालयलक्षित आक्रमण

तेल अभिभ, इजरायल । इजरायली सेना (आईडीएफ)ले सोमबार सिरियामा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालयलाई निशाना बनाएर आक्रमण गरेको छ । 

सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट गर्दै आईडीएफले भन्यो, "सिरियामा हिजबुल्लाहको गुप्तचर मुख्यालयसँग सम्बन्धित आतंककारी लक्ष्यहरूमा हवाई आक्रमण गरेको थियो।"

यसअघि, इजरायली सेनाहरू इरानी एजेन्टहरूसँग काम गरिरहेका आतंककारी कार्यकर्तालाई पक्राउ गर्न सिरियामा प्रवेश गरेका आईडीएफले आइतबार साँझ खुलासा गरेको थियो । 

एलिट एगोज कमाण्डो युनिटका सैनिकहरूले दक्षिणी सहर सैदामा बस्ने सिरियाली नागरिक अली सुलेमान अल–आदीलाई पक्राउ गरेका छन् । आईडीएफका अनुसार, अल–आदीले भविष्यको आतंकवादी गतिविधिका लागि सीमामा रहेर इजरायली सेनाका बारेमा खुफिया जानकारी संकलन गरेका थिए । आईडीएफले अल–आदवास निगरानीमा रहेको र अहिले सोधपुछका लागि इजरायलमा रहेको बताएको छ ।  

आईडीएफले अल–आदीको फुटेज पनि जारी गरेको छ । जसमा उनले सोधपुछकर्ताहरूलाई आफूलाई इरानले कसरी भर्ती गरेको थियो भनेर बताएका छन् ।  

हालैका दिनहरूमा अक्टोबर २६ मा इजरायली वायुसेनाले सैन्य आधार र हवाई रक्षा प्रणालीहरूमा आक्रमण गरेपछि इरानी अधिकारीहरूले आक्रमणको बारेमा आफ्नो बयानबाजी बढाएका छन् । रासस /एएनआई 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro