site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इन्डोनेसियामा ज्वालामुखी विष्फोटबाट १० जनाको मृत्यु, १० हजार मानिस प्रभावित

काठमाडौं । इन्डोनेसियाको पूर्वी टापु फ्लोरेसमा रहेको माउन्ट लिओटोबी लाकी–लाकी ज्वालामुखी विष्फोट हुँदा १० जनाको मृत्यु भएको छ । न्युयोर्क टाइम्सका अनुसार, आइतबार (नोभेम्बर ३) करिब २४ मिनेटसम्म ज्वालामुखी विस्फोट भएको थियो । त्यसपछि रातभरि कयौँपटक विस्फोट भएको हो । सोमबार बिहान ६ बजेतिर करिब ३०० मिटर उचाइँमा खरानीको बादल देखिएको थियो ।

ज्वालामुखी विष्फोटका कारण दर्जनौँ भूकम्पको धक्का पनि महसुस गरिएको थियो । हाल इन्डोनेसिया सरकारले थप परकम्पन आउन सक्ने बताएको छ ।

ज्वालामुखी विष्फोटका कारण सात गाउँका झन्डै १० हजार मानिसले क्षति बेहोरेका छन् । यस क्रममा कयौँ घर जलेर खरानी भए । विस्फोटपछि घरमा आगोका गोला खसेजस्तो देखिएको स्थानीयले बताएका छन् । प्रशासनले ज्वालामुखीको सात किलोमिटर  टाढा रहन सल्लाह दिएको छ ।

ज्वालामुखी विष्फोटपछि उद्धार टोलीले घटनास्थलबाट मानिसको शव निकालिरहेको देखिएको थियो । 

एएफपीका एक पत्रकारले माउन्ट लाकी–लाकी नजिकका पाँच गाउँ खाली गरिएको बताएका छन् । यसका साथै धुवाँको प्रभावबाट बच्न मास्क लगाउन सल्लाह दिइएको छ ।

अक्टोबरदेखि लाकी–लाकी हिमाल ४३ पटक विस्फोट भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  २०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro