site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु
तस्बिर : एएफपी ।

इस्टफ्लोरेस (इन्डोनेसिया) । पूर्वी इन्डोनेसियामा एउटा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन् । प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ ।

फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकी–लाकीमा एक हजार ७०३ मिटरको दुइटा ज्वालामुखी विस्फोट हुँदा प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् । ज्वालामुखीले जलिरहेको चट्टान घरहरूमा फ्याँक्न थालेपछि प्रभावित क्षेत्रका बासिन्दाले आफूहरू भयभीत भएको बताएका छन् ।

Dabur Nepal
NIC Asia

इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सी (बीएनपीबी)का प्रवक्ता अब्दुल मुहारीले पत्रकार सम्मेलनमा मृतकको संख्या पुष्टि गर्दै ज्वालामुखी विस्फोटबाट १० हजार २९५ जना प्रभावित भएका बताए । उनका अनुसार, विस्थापितको संख्या अझै गणना भइरहेको छ ।

एएफपीले प्रसारण गरेको फुटेजमा ज्वालामुखीनजिकैका घरहरू बाक्लो खरानीले ढाकिएको र केही क्षेत्रमा आगो लागेको देखिएको छ ।

ज्वालामुखीनजिकै पाँच गाउँ खाली गरिएको र हजारौँ मानिस अन्यत्र शरण लिन बाध्य भएका छन् ।

सुरक्षा निकायले स्थानीय र पर्यटकलाई ज्वालामुखी विस्फोट भएको (केन्द्रविन्दु)को सात किलोमिटर दायराभित्र कुनै गतिविधि नगर्न निर्देशन दिएको छ ।

पछिल्लो समयमा माउन्ट लेवोटोबी लाकी–लाकीमा ज्वालामुखी गतिविधिमा उल्लेखनीय रूपमा वृद्धि भई घरहरूमा क्षति गरेपछि स्थानीयले सामूदायिक भवनमा शरण लिएका छन् ।

सुरक्षा निकायले वर्षाले गर्दा लाभा बाढी आउन सक्ने चेतावनी दिँदै ज्वालामुखीको प्रभावबाट बच्न स्थानीयलाई मास्क लगाउन आग्रह गरेको छ । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  १३:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro