site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पटाका पड्काउन प्रतिबन्ध लगाइए पनि नयाँदिल्लीमा वायुको गुणस्तरमा सुधार हुन सकेन
Tiktok banner adTiktok banner ad

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा हिन्दुधर्मावलम्बीको महान् चाड दीपावलीका अवसरमा आतिशबाजीमा लगाइएको प्रतिबन्धको बाबजुद प्रदूषण नियन्त्रणभन्दा बाहिर रहेको अधिकारीहरूले बताएका छन् ।

भारतको सर्वोच्च अदालतले गत महिना स्वच्छ हावा एक मौलिक मानवअधिकार भएको फैसला गर्दै केन्द्र सरकार र राज्य स्तरका अधिकारीहरूलाई पटाका बनाउने र किनबेच गर्ने जोकोहीलाई कारबाही गर्न आदेश दिएको थियो ।

तर, भारतीय राजधानी नयाँदिल्लीका बासिन्दाले आफ्नो पर्वलाई मनाउने क्रममा अदालतद्वारा जारी उक्त आदेशलाई व्यापक उल्लंघन गरिएपछि वायु प्रदूषण नियन्त्रणका लागि भनी लिइएको उक्त कदम प्रभावहीन बनेको हो । पटाकाबाहेक दिल्ली वरपरका खेतबारीमा हिउँदे खेती लगाउनुअघि सफा गर्न पराली जलाउनु, छापो पोल्नु र जाडोमा बिहान बेलुका बालिने आगोबाट निस्किने धुवाँका कारण पनि दिल्लीको वायु प्रदूषण बढ्ने गरेको छ ।

तीन करोडभन्दा बढी मानिसको बसोबास रहेको दिल्लीमा मानवीय गतिविधि र नयाँ दिल्लीको सडकहरूमा अत्यधिक ट्राफिकको समस्या पनि दिल्लीको प्रदूषणका लागि जिम्मेवार मानिन्छ ।

तर, गत महिना सहरका अधिकारीहरूले पटाकाको बिक्री र प्रयोगमा प्रतिबन्ध लगाए पनि दिपावली उत्सवको एक भागको रूपमा पटाकाको गडगडाहटपछि शुक्रबार वायु प्रदूषणको अवस्था थप बढेको थियो ।

दिल्लीको नगर प्रहरीले दीपावलीअघि करिब दुई टन पटाका जफत गरेको थियो, तर छिमेकी राज्यहरूमा पटाका बिक्रीका लागि सहजै उपलब्ध थिए ।

हिन्दु देवी लक्ष्मीको स्तुतिमा र अन्धकारमाथि प्रकाशको विजयको प्रतीकको रूपमा धेरै बासिन्दाहरूले घरमा पारिवारिक भोजन र सानो मैनबत्ती बालेर पनि उत्सव मनाउने गर्छन् ।

शुक्रबारदेखि नै दिल्लीबासीले आतिशबाजीको रकेट र पटाका पड्काएपछि दिल्लीको वातावरण उत्सवमय बनेको थियो तर यसबाट निस्केको धुवाँ र आवाजको प्रदुषणले प्रत्यक्ष वाम परोक्षरूपमा दिल्लीको वातावरण प्रदूषित बनेको थियो ।

हिन्दु धर्मावलम्बीको पटाकासँग जोडिएको धार्मिक भावनालाई ध्यानमा राख्दै प्रहरीले नियम उल्लंघन गर्नेलाई कारबाही गर्न आनाकानी गर्ने गरेको छ ।

आलोचकहरूले छिमेकी राज्यहरूको नेतृत्व गरिरहेका प्रतिद्वन्द्वी राजनीतिज्ञहरूका साथै केन्द्र र राज्यस्तरका अधिकारीहरूबीचको विवादले समस्यालाई जटिल बनाएको बताएका छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro