site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जलवायुअनुकूलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक : वनमन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुअनुकूलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक रहेको बताएका छन् । कोप–२९ सम्मेलनको पूर्वसन्ध्यामा शनिबार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले स्थानीयस्तरमा जलवायुअनुकूलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक रहेको औँल्याए । जलवायु परिवर्तनले दैनिक जनजीवनमा गम्भीर असर परिरहेको यथेष्ट प्रमाण नेपालसँग रहेको उनले उल्लेख गरे ।

उनले जलवायु परिवर्तनका कारण खानेपानीका स्रोत सुकिरहेको, कृषि र बाली उब्जनी घटिरहेको, हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम घट्दै गएको बताए ।

मन्त्री ठकुरीले खेतीपाती र खाद्य सुरक्षा, पानीको स्रोत, पर्यटन र स्वास्थ्यलगायत समग्र अर्थतन्त्रमा जलवायु परिवर्तनका दुष्परिणाम देखिएको सुनाए ।

जलवायु परिवर्तनबाट परेका असरको समाधानका निम्ति सबैले सहकार्य गर्न आवश्यक रहेकामा उनले जोड दिए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro