site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीको खबरदारी जुलुस (तस्बिरहरू)

काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंमा खबरदारी खबरदारी जुलुस निकालेको छ । बेथिति, भ्रष्टाचार, महंगी र सरकारको जनविरोधी कदमविरुद्ध भन्दै माओवादी केन्द्र वाग्मती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाइमा खबरदारी जुलुस निकालिएको हो । 

सुन्धाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारीसभामा परिणत भएको थियो ।

माओवादी केन्द्रले १० बुँदे एजेण्डासहित प्रदर्शन गरेको हो । विपद्  व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण तथा पुनर्स्थापनाको कार्यान्वयन गराउन खबरदारीसभा आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ । 

1-1729928415.jpg
नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा जनदवाव सिर्जना गर्ने पनि माओवादी केन्द्रले जनाएको छ । 

सतहमा आएका ठूला भ्रष्टाचार काण्डका दोषीलाई कारबाहीको दायरामा ल्याउन, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका मुद्दाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउन तथा संविधान र लोकतन्त्रको रक्षा गर्न खबरदारी गर्नुपरेको माओवादीले जनाएको छ । 

2-1729928435.jpg
देशलाई दुई दलीय तानाशाहीमा लैजाने र अन्य राजनीतिक दलहरूलाई विभाजन गर्ने उद्देश्यसहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रलाई असफल पार्न खबरदारीसभा गर्नुपरेको माओवादी केन्द्रले बताएको छ ।

बढ्दो बजारभाउ र कालोबजारी नियन्त्रणका लागि दबाब दिन, सहकारी, मिटरब्याज र लघुवित्तपिडितहरूका समस्या समाधानका लागि आवाज बुलन्द गर्न र ठगीमा संलग्नलाई विना भेदभाव कारबाहीका लागि दबाब दिने उद्देश्यका साथ खबरदारी सभा गरिएको माओवादीको भनाइ छ । 

10-1729928470.jpg

9-1729928469.jpg

8-1729928468.jpg

7-1729928467.jpg

6-1729928467.jpg

4-1729928465.jpg

5-1729928465.jpg

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro