site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साफ महिला च्याम्पियनसिप–२०२४ : माल्दिभ्स बन्यो गोल नगर्ने एकमात्र टिम
SkywellSkywell

काठमाडौं । नेपालमा जारी साफ महिला च्याम्पियनसिपमा माल्दिभ्सले खराब कीर्तिमान बनाएको छ । माल्दिभ्स साफको सातौँ संस्करणमा गोल नगर्ने एकमात्र टिम बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

माल्दिभ्स प्रतियोगिताको समूह ‘बी’मा थियो । यस समूहमा माल्दिभ्ससँगै नेपाल, भुटान र श्रीलंका थिए ।

KFC Island Ad
NIC Asia

माल्दिभ्सले प्रतियोगिताका तीन खेलमा २५ गोल बेहोर्‍यो । माल्दिभ्सले प्रतियोगिताको पहिलो खेलमा श्रीलंकासँग १–० को हार बेहोरेको थियो । दोस्रो खेलमा नेपालसँग ११–० ले पराजित भएको माल्दिभ्स समूह चरणको अन्तिम खेलमा भुटानसँग १३–० ले पराजित भएको थियो । भुटानसँगको यो नतिजा जारी संस्करणकै सबैभन्दा फराकिलो हार हो ।

जारी सिजन गोलविहीन बनेको माल्दिभ्सले सन् २०१९ को संस्करणयता जित निकाल्नसमेत सकेको छैन । माल्दिभ्सले पछिल्लोपटक सन् २०१६ को संस्करणमा जित निकालेको थियो । उक्त संस्करणमा माल्दिभ्स समूह चरणमा श्रीलंकालाई ५–२ ले र भुटानलाई ३–१ ले पराजित गरेको थियो ।

त्यसयता जितविहीन माल्दिभ्सले सन् २०१९ को संस्करणमा भारतसँग ६–० को र श्रीलंकासँग २–० को हार बेहोरेको थियो । यस्तै, २०२२ को संस्करणमा पनि माल्दिभ्स समूह चरणबाटै बाहिरिँदा बंगलादेशसँग ३–० ले, पाकिस्तानसँग ७–० ले र भारतसँग ९–० ले पराजित भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro