site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कञ्चनपुरको लालझाडीमा एक दम्पतीको हत्या, कुकुर लगेर अनुसन्धान गर्दै प्रहरी

काठमाडौं । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ स्थित विनाबारीस्थित घरमै मृत भेटिएका दम्पतीको हत्या भएको आंशका गरिएको छ । विनाबारीकै ४५ वर्षीया रमेश बडायक र उनकी पत्नी ४३ वर्षीया कमला बडायक शुक्रबार बिहानै मृत भेटिएका थिए ।

उनीहरूको टाउकोमा चोट देखिएका कारण हत्याको आशंका गरिएको कञ्चनपुरका डीएसपी उमेश जोशीले जानकारी दिए । कञ्चनपुर प्रहरीले अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिमप्राप्त कुकुर घटनास्थलमा लगेर अनुसन्धान थालेको छ ।

“मृतकको अवस्था हेर्दा हत्या भएको जस्तो देखिन्छ । उनीहरूको टाउकोमा चोट देखिएको छ । घरमा दम्पतीमात्रै बस्ने भएकाले अहिले केही खुलेको छैन । हामी घटनास्थलमै छौँ,’ डीएसपी जोशीले भने ।

उनका छोराहरू भने अर्को घरमा बस्ने गरेको खुलेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro