site stats
बाह्रखरी :: Baahrakhari
देश
डेंगी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान
फाइल तस्बिर ।

काठमाडौं । सरकारले डेंगीको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार साँझको मन्त्रिपरिषद् बैठकबाट आज बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्‌बाट उक्त निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । “डेंगी फैलन नदिन पानी जम्ने ठाउँ, मोटर ग्यारेज, कवाडी स्टोरलगायत जोखिम भएका स्थानमा सरसफाइ अभियान सुरु गर्ने स्वास्थ्य मन्त्रालयको प्रस्तावानुसार नै डेंगी नियन्त्रण अभियान सञ्चालन गर्ने निर्णय भएको हो,” उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले केही जिल्लामा डेंगीको प्रकोप बढिरहेकाले यसलाई तत्कालै रोकथाम गर्न सरकारले आज बिहान १० बजे देशव्यापी रूपमा ‘लामखुट्टे खोजी र नष्ट’ अभियान थाल्न लागेको जानकारी दिए ।

उनले डेंगी नियन्त्रणमा सक्रिय सहभागिताका निम्ति सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आमनागरिकसमक्ष आग्रह गरेका छन् । रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १०:०२
प्रतिक्रिया दिनुहोस्