site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दमकका युवकको हत्या प्रकरणमा 'एमाले जोडियो', परिवारले अझै बुझेनन् शव

विराटनगर  । झापाको दमक नगरपालिकाका–९ का देशु भनिने यामु निरौलाको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् । हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरीले तत्परता नदेखाएको आरोप लगाएका परिवारले शव बुझ्न मानेका छैनन् । परिवारको अडानका कारण शवको शल्य परीक्षणसमेत हुन सकेको छैन ।

मंगलबार अपराह्न दमक–३ स्थित मावाखोला पुल नजिकै ३५ वर्षीय  निरौलाको हत्या भएको थियो । प्रहरीका अनुसार, हत्यामा चिनजानकै साथीहरूको संलग्नता रहेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । कुटपिटपछि कन्चटमा ढुंगा प्रहार हुँदा उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यलय दमकले घटनामा संलग्न रहेको आशंकामा केही युवालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको र अन्यको खोजी भइरहेको जानकारी दिएको छ ।

एमाले जोडियो !

मृतकका आफन्तले हत्यामा नाम जोडिएकामध्ये केही सत्तारूढ नेकपा (एमाले)का कार्यकर्ता र नेताहरूका नाताभित्रका परेकाले उनीहरूलाई अनुसन्धानको दायरामा ल्याउन प्रहरीले आनाकानी गरेको आरोप लगाएका छन् ।

मृतक निरौलाकी पत्नी कृष्णमाया निरौलाले हत्यामा जोडिएका ६ जनाको नाममा किटानी जाहेरी दिन जाँदा प्रहरीले नमानेपछि विवाद चर्किएको हो । प्रहरीले शंकास्पद व्यक्तिहरूको नाम हटाएर मात्रै जाहेरी दर्ता गर्न सकिने प्रहरीले बताएपछि परिवारसहित स्थानीय थप आक्रोशित बनेका छन् ।

सीसी टीभी फुटेजबाट पहिचान भएको भनिएका राजु भनिने शेरबहादुर लिम्बू र गणेश दर्जी छन्  । यसैगरी, कोसी प्रदेश सांसद तथा एमाले नेता होमबहादुर थापाका सहोदर भाइ र एमाले केन्द्रीय सदस्य गोविन्द थापाका दाजु बुद्धिमान थापालगायतको नामसमेत जाहेरीमा उल्लेख छ । तर, उनीहरूलाई प्रहरीले पक्राउ नगरेको निरौलाकी पत्नी कृष्णमायाको दाबी छ ।

यसरी भएको थियो घटना

मधुमल्ला सडक नजिकै १० जनाको समूहमा रहेकामध्ये दुई जनाले निरौलालाई टाउकोको पछाडि भागमा मुक्काले हानेको दृश्य घटनास्थल नजिकैको सीसी क्यामेरामा कैद छ । पछि एक जनाले भुइँबाट ढुंगा टिपेर हानेपछि निरौला भुइँमा ढलेको दृश्य फुटेजमा देख्न सकिन्छ । सेतो गाडीको पछाडिको भागबाट ओर्लिएका एक व्यक्तिसहित अर्का एकजना निरौलामाथि कुटपिटमा प्रत्यक्ष संलग्न देखिन्छन् । गाडीमा जाने व्यक्ति दमकका नम चेम्जोङसहितको समूह भएको परिवारले जनाएको छ ।

मावा खोला नजिकै ऐलानी पर्ती सार्वजनिक जग्गा छ । विवादित भनिएको जग्गा नम्बरी भएको बताइन्छ । त्यो जग्गामा मोरङको उर्लाबारीका प्रकाश कार्कीसहितको समूहले मंगलबार जेसीबीले माटो पुर्ने र सम्याउने काम गरिरहेको सूचना पाएपछि दमकका चेम्जोङसहित युवाहरू गाडीमा पुगेका थिए ।‌ त्यस क्रममा कार्की र चेम्जोङ पक्षबीच केहीबेर चर्काचर्की परेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

त्यही रहेका निरौलामाथि पछि राजु नेम्वाङ भनिने शेरबहादुर नेम्बाङ लिम्बू र सेतो गाडीमा आएका अर्का एक जनाले एकैसाथ कुटपिट गरेका थिए । अस्पताल पुर्‍याइएको उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

दमक–७ का वडाध्यक्ष भीम पौडेलले घटनामा संलग्न जो कोही भए पनि कारबाही हुनुपर्ने बताए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  ११:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro