site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दैनिक नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, एक लाख ६५ हजार ६०० मा कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज २३ गतेयता सुनको मूल्य दैनिक बढ्दै गएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेर एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि, आइतबार एक लाख ६५ हजार रुपैयाँमा उच्च मूल्यमा कारोबार भएको थियो ।

Dabur Nepal
NIC Asia

असोज २३ गते एक लाख ५९ हजार १०० रुपैयाँबाट छापावाल सुनको मूल्य बढ्नेक्रम रोकिएको छैन । त्यसपछिका कारोबार दिनमा सुनको मूल्य लगातार बढ्दै गएको छ ।

त्यसपछि दसैँलगत्तै बजार खुल्दा असोज २९ गते एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । असोज ३० गते एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन कात्तिक १ गते एक लाख ६२ हजार ४०० मा कारोबार भयो । २ गते एक लाख ६४ हजार ४०० र कात्तिक ४ गते एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो ।

आज चाँदीको मूल्य पनि २० रुपैयाँ बढेको छ । यसदिन चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा कारोबार भएको थियो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १०:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro