site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेल्जियमविरुद्ध फ्रान्सको रोमाञ्चक जित

काठमाडौं । यूईएफए नेसन्स लिगमा फ्रान्सले बेल्जियमविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको छ ।

सोमबार राति बेल्जियममा भएको खेलमा पाहुना टिमलाई जित दिलाउन दुवै गोल रान्डाल कोलो मुआनीले गरे । बेल्जियमका लोइस ओपेन्डाले एक गोल फर्काए ।

खेलको ३५औँ मिनेटमा कोलो मुआनीले गोल गर्दै फ्रान्सलाई अग्रतामा राखेका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा ओपेन्डाले गोल गरेपछि बेल्जियम खेलमा फर्कियो ।

६२औँ मिनेटमा कोलो मुआनीले नै गोल गरेपछि फ्रान्सले पुनः २–१ को अग्रता बनाएको थियो । ७६औँ मिनेटमा औरेलियन चुवामेनीले दोहोरो पहेलो कार्डपछि रातो कार्डको दर्शन गरेपछि फ्रान्स १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै चार खेलबाट नौ अंक जोडेको फ्रान्स लिग समूह–२ को दोस्रो स्थानमा छ । समान खेलबाट चार अंक जोडेको बेल्जियम तालिकाको तेस्रो स्थानमा छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  ०९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro