site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मकवानपुरमा करेन्ट लागेर दुई बालिकाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६, चिसापानीमा शनिबार करेन्ट लागेर दुई बालिकाको मृत्यु भएको छ ।

चिसापानी पश्चिम–दक्षिणस्थित कभर्ड हलछेउमा जडित ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिन गई नजिकै रहेको फलामको पोलमा सर्ट भएको थियो । र, पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएको थियो ।

उक्त पानीमा प्रवाह भएको करेन्ट लागेर बाराको निजगढ नगरपालिका–१ निवासी नौ वर्षीया र हेटौँडा उपमहानगरपालिका–१६ की सात वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।

सँगै हिँडिरहेका दुवै बालिकाले अचानक जमेको पानीमा टेक्न पुग्दा करेन्ट लागेर बेहोस भएका थिए । बेहोस भएका दुवै बालिकालाई उपचारका निम्ति हेटौँडा अस्पतालमा पठाइएको थियो । उपचारका क्रममा चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १६:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro