site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायली हवाई आक्रमणमा लेबनानमा २२ जनाको मृत्यु, ११७ घाइते
तस्बिर : ईपीए ।

बेरुत । इजरायली हवाई आक्रमणले लेबनानको मध्य बेरुतको रस अल–नाबालाई लक्षित गरेको छ । यसमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । ११७ जना घाइते भएका लेबनानको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । 

बिहीबार मध्यरातमा कुनै चेतावनीबिना नै गरिएको आक्रमणले राजधानीको मध्यभागस्थित दुई आवासीय भवनलाई निसाना बनाएको थियो ।

सेप्टेम्बरको अन्त्यमा इजरायली सैन्य कारबाही विस्तार भएदेखि बेरुतको दक्षिणी उपनगर दहियाहबाहिर यो तेस्रो इजरायली आक्रमण हो । यसअघिका आक्रमणले सेप्टेम्बर २९ मा बेरुतको कोला र अक्टोबर ३ मा बाचौरालाई लक्षित गरेको थियो ।

प्रत्यक्षदर्शीले आवासीय ब्लकबाट भवनहरू हल्लिरहेको र धुवाँ निस्किएकोले झन्डै एक माइल टाढाबाट प्रभाव महसुस गरेको वर्णन गरे ।

यसैबीच, चिकित्सा स्रोतले गाजापट्टीमा बिहीबार इजरायली हवाई आक्रमणमा ६३ जनाको मृत्यु भएको जनाएको छ । रासस/एएनआई

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro