site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उत्तरी इजरायलमा हिजबुल्लाहको रकेट आक्रमण : दुईजनाको मृत्यु
फाइल तस्बिर ।

काठमाडौं । लेबनानबाट हिजबुल्लाह लडाकुहरूले प्रहार गरेको रकेटले उत्तरी इजरायलमा बुधबार दुई इजरायली नागरिकको मृत्यु भएको छ । जसमा एक महिला र एक पुरुष छन् ।

म्यागेन डेभिड एडोम आपत्कालीन स्वास्थ्य सेवाले उत्तरी सहर किरियत शमोनामा रकेट प्रहार गर्दा पीडितको मृत्यु भएको बताएको छ । सेनाले लेबनानबाट सहरलाई लक्षित गरी करिब २० वटा रकेट भेटिएको बताएको छ ।

यसअघि बुधबार लेबनानका लडाकुहरूले उत्तरी इजरायलको माथिल्लो गालिली र हाइफा खाडी क्षेत्रमा करिब ४० रकेट प्रहार गर्दा कम्तीमा पाँचजना घाइते भएका थिए । केही क्षेप्यास्त्रहरू इजरायली वायुसेनाले रोकेका थिए । इजरायलमा भएका दुई हमलाबारे हिजबुल्लाहले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro