site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विस्थापितको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्छ : गृहमन्त्री लेखक

पाटन (ललितपुर) । गृहमन्त्री रमेश लेखकले हालैको विपद्‌बाट विस्थापितहरूको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्ने बताएका छन् ।

आज ललितपुरको महाँकाल गाउँपालिकाको गोटीखेलमा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै उनले विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागिपरेको र जतिसक्दो चाँडो समस्या समाधान गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

Dabur Nepal
NIC Asia

गृहमन्त्री लेखकले सरकार नागरिकको अभिभावक पनि भएकाले सोहीअनुसार अभिभावकत्व निर्वाह गर्न प्रतिबद्ध रहेको बताए । “पुनःनिर्माण र पुनःस्थापनाका लागि सरकारले छिट्टै व्यवस्था गर्छ । यो समस्यामा कहाँ जाउँला ? के गरुँला ? कसैले नसोच्नुहोला । सरकार छ, सरकार भनेको सबैको अभिभावक पनि हो,” उनले भने,“सोही भावनाका साथ सरकार अत्यन्तै संवेदनशील भएर पुनःनिर्माणमा लाग्छ । प्रभावित नागरिकलाई अभिभावकत्व प्रदान गर्छ ।”

यस कार्यमा सत्ता पक्ष वा प्रतिपक्ष, राजनीतिक आस्था वा कुनै पूर्वाग्रह नराखी सबै मिलेर अगाडि बढ्नुपर्ने गृहमन्त्री लेखकको भनाइ थियो । “कुनै राजनीति, पक्ष—विपक्ष नभनी तीनै तहका सरकार, राजनीतिक दल, गैरसरकारी संस्थालगायत सबै मिलेर हामीले विपद्पछिको समस्या समाधान गर्न लाग्नुपर्छ । त्यसमा सरकारले सहजीकरण गरिरहेका छ,” उनले भने ।

गृहमन्त्री लेखकले पालिकाहरूलाई तत्काल लाभग्राही विवरण पठाउन आग्रह समेत गरे । “लाभग्राहीको विवरण आएको तीन दिनभित्र तत्काल राहतका लागि १५ देखि २० हजार र अस्थायी आवास निर्माणका लागि पहिलो किस्तास्वरुप २५ हजार पठाउछौँ,” उनले भने ।

रक्षामन्त्री मानवीर राईले विपद्‌बाट सर्जित समस्या समाधान गर्न मिलेर काम गर्दा छिट्टै समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरे ।

स्थलगत निरीक्षणका क्रममा ललितपुर क्षेत्र नं १ का संघीय सांसद उदयशम्शेर राणा, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयाल, महाँकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसी, उपाध्यक्ष डोल्मामायाँ गोलेलगायतले यहाँको प्रभावित क्षेत्र, क्षति विवरण, पुनःनिर्माण र पुनःस्थापनाको आवश्यकताका बारेमा जानकारी गराएका थिए ।

स्थलगत निरीक्षणका क्रममा आज सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरको बाढीपहिरो प्रभावित ग्रामीण क्षेत्रमा गृहमन्त्री लेखकसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देलसहितको टोलीले अनुगमन गरेको हो । यसअघि गृहमन्त्री लेखकले आइतबार र सोमबार काभ्रेपलाञ्चोक र ललितपुरको गोदावरी विपद् प्रभावित क्षेत्रको अनुगमन गरेका थिए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  २२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro