site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा भएको इजरायली हमलामा १७ जनाको मृत्यु

गाजापट्टी । इजरायली सेनाले गाजा क्षेत्रमा रहेको शरणार्थी शिविरमा आक्रमणमा गर्दा कम्तीमा १७ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा विभागले मंगलबार बताएको छ ।

“नागरिक सुरक्षा टोलीले मध्यगाजाको अल–बुरेज शरणार्थी शिविरमा इजरायली सैन्य विमानबाट क्षेप्यास्त्र प्रहार हुँदा मृत्यु भएका अब्दुल हादी परिवारको तीन तले घरबाट बालबालिकासहित १७ जनाको शव निकालेको छ भने अन्य घाइतेहरुको उद्धार गरेको छ,“ विभागका प्रवक्ता महमुद बासलले एक विज्ञप्तिमा बताए ।

बसालले मृतकको शव र अन्य घाइतेलाई नुसिरात शिविरको अल–अवदा अस्पताल र देइर अल–बलाह सहरको अल–अक्सा सहिद अस्पतालमा लगिएको बताएका छन् ।

गाजाको मध्य र उत्तरी भागमा मंगलबार बिहानदेखि थुप्रै हवाई आक्रमणहरू भएको बासलले बताएका थिए ।  प्रत्यक्षदर्शी एवं उद्धारकर्ताले जबलियामा इजरायली सैन्य कारबाही जारी रहेको बताएका छन् । 

पछिल्लो दिनमा इजरायली सेनाले जबलियामा गरेको हवाई आक्रमणमा लगभग २० जनाको मृत्यु भएको सेनाले एक विज्ञप्तिमा जनाएको थियो । सेनाले यस क्षेत्रमा रहेको हतियार भण्डारण सुविधा पनि ध्वस्त पारेको छ । रासस/एएफपी

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro