site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल वायुसेवा निगमले फूलपातीको दिन काठमाडौं–भैरहवा उडान गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले फूलपातीका दिन काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्ने भएको छ । निगमले एक सूचना जारी गर्दै दसैँलाई लक्षित गरी सो दिन काठमाडौंबाट भैरहवा बिहान ११ बजे सात हजार रुपैयाँमा उडान गर्ने भएको हो ।

भैरहवाबाट काठमाडौं १२ः३० मा तीन हजार ८९० रुपैयाँमा उडान गर्ने निगमले जानकारी दिएको छ । ३० केजीसम्मको लगेज निशुल्क लगिने पनि बताइएको छ ।

 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १७:१८
प्रतिक्रिया दिनुहोस्