site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गृहमन्त्री लेखकले गरे काभ्रेका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण
तस्बिर : पेमा लामा/रासस ।

काठमाडौं । गृहमन्त्री रमेश लेखकले काभ्रेपलाञ्चोकका बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । गृहमन्त्री लेखकले सोमबार पनौती नगरपालिका–१२, कलाँती भूमिडाँडास्थित रोशीबजार र बेथानचोक गाउँपालिका–४, पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थानको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् ।

कलाँती भूमिडाँडा क्षेत्रमा बाढीपहिरोका कारण जनधनको ठूलो क्षति भएको छ । मन्त्री लेखकले रोशीबजार क्षेत्र आसपास प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दासँग त्यहाँको अवस्थाका बारेमा जानकारी लिए ।

यस्तै, उनले पाटीखर्क, सलान्दुबगर र चलालगणेशस्थान आसपास क्षेत्रको स्थललगत निरीक्षण गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिए ।

त्यसक्रममा उनले तीन तहकै सरकारबीच समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए । राहत र सडकलगायत नागरिकका आधारभूत आवश्यकतालाई सहज बनाउने गरी सरकारले काम गरिरहेको उनले उल्लेख गरे ।

बाढीपहिरोबाट काभ्रेमा ७८ जनाको मुत्युको छ । ७१ घाइते र ६ जना बेपत्ता छन् । घाइतेमध्ये १८ जनाको उपचार भइरहेको छ । बाँकी अस्पतालबाट ‘डिस्चार्ज’ भइसकेका छन् ।

बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् । हिमालयन टेली भ्वाइस


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro