site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खुर्काेटमा बेलिब्रिज जडान सुरु

काठमाडौं । सुनकोसी नदीमा आएको बाढीले यही असोज १२ गते बगाएको सिन्धुली र रामेछाप जिल्ला जोड्ने खुर्काेटमा नेपाली सेनाले आइतबारदेखि बेलिब्रिज जडान सुरु गरेको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ र रामेछापको मन्थली नगरपालिका–६ बीचस्थित बीपी तथा पुष्पलाल राजमार्ग जोड्ने पक्की पुलको आधा भाग सुनकोसीको बाढीले बगाएको थियो । त्यसपछि अवरुद्ध राजमार्ग यथाशीघ्र सञ्चालन गर्न सेनाले बेलिब्रिज जडानको काम थालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यही असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीले १०० मिटर लामो पुलको रामेछापतर्फ आधा भाग बगाएपछि सडकमा आवागमन अवरुद्ध छ । सेनाले सुनकोसी नदीमाथि पुलको आधा अर्थात् करिब ५१ मिटर क्षेत्रमा बेलिब्रिज जडान गर्नेछ ।

पुल जडान गर्न आवश्यक पर्नेमध्ये ९५ प्रतिशत सामग्रीको व्यवस्थापन भइसकेको बताइएको छ । पुल बगाएर सडक अवरुद्ध भएपछि त्यहाँबाट रामेछाप, सिन्धुली, ओखलढुंगालगायत देशका विभिन्न मागमा पुग्ने यात्रुलाई असहज अवस्था सिर्जना भएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  २१:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro