site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नवनियुक्त प्रधानन्यायाधीश राउतले भने– न्यायपालिका लयमा फर्कियो

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले अबको न्यायपालिका गरिमामय हुने बताएका छन् । आइतबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको कार्यभार सम्हालेपछि उनले न्यायालय लयमा फर्किएको उल्लेख गरे । अब न्यायालयले फड्को मार्ने उनले बताए ।

“अबको न्यायालय एकदम गरिमाय हुनेछ । समृद्ध बनाउने प्रयत्न हुन्छ, मर्यादायुक्त हुन्छ,” पत्रकार सम्मेलन गर्दै प्रधानन्यायाधीश राउतले भने, “निष्ठाले ओतप्रोत न्यायाधीशहरूको टिमले भोलिका दिनमा आफ्ना कामद्वारा प्रश्नहरूको जवाफ दिनुहुनेछ ।”

Dabur Nepal
NIC Asia

उनले न्यायपालिका लयमा फर्कन सर्वोच्चमा रहेका न्यायाधीश र कर्मचारीहरूको संयुक्त प्रयासले सम्भव भएको बताए । आफूसँग सक्षम न्यायाधीश र कर्मचारीको टिम रहेको उनले उल्लेख गरे ।

पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाअनुसार नै न्यायालयको सुधार हुने उनले बताए । न्यायालयको सुधारका निम्ति विकृति, विसंगतिको अध्ययन गर्न गठित पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीको समितिका सदस्य समेत रहेका राउतले उक्त प्रतिवेदनले औँल्याएका कमी–कमजोरी पनि सच्याउँदै यसप्रति नागरिक आस्था फर्र्काउने सुनाए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro