site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इरान–इजरायल तनावबीच बढ्ला इन्धनको मूल्य ? 

काठमाडौं । इरान र इजरायलबीच बढिरहेको तनावको सबैभन्दा ठूलो असर कच्चा तेलको मूल्यमा पर्ने आशंका छ । यो तनावका कारण विश्वभरमा इन्धनको मूल्य बढ्न सक्ने आशंका गरिएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि सो आशंका चिन्तामा बदलिएको बताएका छन् । इजरायलले इरानको इन्धन भण्डारलाई निसाना बनाउन सक्ने बताएको छ । 

इरानको इन्धन भण्डारमा इजरायलले हमला गरे अमेरिकाको समर्थन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा बाइडेनले यस विषयमा आफूहरूले छलफल गरिरहेको बताएका छन् । बाइडेनको यो भनाइपछि विश्वबजारमा कच्चा इन्धनको मूल्य पाँच प्रतिशतले बढेको छ । 

गएको मंगलबार इरानले इजरायलमाथि करिब २०० मिसाइल आक्रमण गरेको थियो । इरान विश्वभरका इन्धन उत्पादकमध्ये सातौँ ठूलो देश हो । इरानले आफूले उत्पादन गरेको इन्धनको करिब आधा निर्यात गर्छ । 

विश्वको चौथो ठूलो इन्धन भण्डार इरानसँग छ । अर्कोतिर इरान विश्वकै दोस्रो ठूलो ग्याँस भण्डार हो । पेट्रोलियम निर्यात देशहरूको संगठनमा इरान तेस्रो ठूलो उत्पादक देश हो । इरानले प्रतिदिन लगभग ३० लाख ब्यारल (४७ करोड लिटरभन्दा बढी) इन्धन उत्पादन गर्छ । यो भनेको वैश्विक इन्धन उत्पादनको तीन प्रतिशत हो । 

अन्तर्राष्ट्रियस्तरमा इन्धनको मूल्य बताउने बेञ्चमार्क ‘बे्रन्ट क्रुड’का अनुसार अमेरिकी राष्ट्रपति बाइडेनले इरानी इन्धन भण्डारमा इजरायली हमलाको आशंका गर्नेबित्तिकै कच्चा इन्धनको मूल्य पाँच प्रतिशतले बढ्यो । ‘ब्रन्ट क्रुड’का अनुसार इजरायलमाथि इरानी हमलायता विश्वबजारमा कच्चा इन्धनको मूल्य १० प्रतिशत बढेर प्रतिब्यारेल ७७ अमेरिकी डलर पुगेको छ । इजरायलले इरानका इन्धन भण्डारमाथि हमला गरेमा विश्वभरको इन्धन सप्लाइमा असर पर्नेछ र यसले इन्धनको मूल्य बढाउनेछ । 

इरानले इजरायलमाथि हमला गरेको आशंका मात्र हुँदा पनि विश्व बजारमा इन्धनको मूल्य तीन प्रतिशले बढेको थियो । यसले पनि इरानी इन्धनको विश्व बजारमा कति महत्त्व छ भन्ने कुरा प्रमाणित गर्छ । 

इजरायलले इरानका इन्धन भण्डारलाई निसाना बनाएमा इन्धनको मूल्य आकाशिने निश्चित छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro