site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वैकल्पिक ट्रयाक खोलेर मन्थली–काठमाडौं आवतजावत 

मन्थली । मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौंसम्मका लागि सडकमार्गको आवागमन बुधबार साँझबाट खुलेको छ ।

गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको बाढीले किर्नेटार हाइड्रोपावर नजिक तामाकोसी नदीले कटान गरेको थियो । पाँच दिनपछि अस्थायी रूपमा किर्नेटारमा रहेको खिम्ती प्रोजेक्ट स्कुलको बीच भाग हुँदै नेपाली सेनाको क्याम्प क्षेत्रको भित्री भागबाट ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याइएको हो । 

Dabur Nepal
NIC Asia

रामेछापको मन्थलीबाट दोलाखाको किर्नेटार–चरिकोट–मुडे हुँदै सिन्धुपाल्चोकको खाडीचौर हुँदै काठमाडौं आवतजावत गर्ने गरिन्छ । 

वर्षाका कारण सुनकोसीको बाढीले सिन्धुलीको खुर्कोटस्थित पुल बगाएपछि र दोलखाको किर्नेटारको बाटो तामाकोसीले कटान गरेपछि मन्थली–काठमाडौं आवागमन शनिबारदेखि अवरुद्ध थियो । 

काठमाडौंबाट नेपालथोक हुँदै खुर्कोटको पुल तरेर मन्थली जान १२६ किमी पार गर्नुपर्थ्यो भने यस मार्गमार्फत यात्रा गर्दा मन्थली–काठमाडौंका लागि २०० किलोमिटर यात्रा गर्नुपर्छ ।  रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ०७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro