site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा हेलिकोप्टर दुर्घटना हुदाँ तीनजनाको मृत्यु

नयाँदिल्ली । पश्चिमी भारतको पुणे जिल्लाको बावधननजिक बुधबार हेलिकोप्टर दुर्घटना हुँदा  त्यसमा सवार तीनजनाको मृत्यु भएको अग्नि नियन्त्रक अधिकारीले बताएका छन् । हेलिकोप्टर हेरिटेज एभियसनले सञ्चालन गरेको प्रहरी तथा अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन् ।  

अधिकारीहरूका अनुसार मुम्बईको दक्षिणपूर्वमा रहेको पुणे सहरको बाहिरी इलाकामा स्थानीय समयअनुसार बिहान ६ः४५ बजे दुर्घटना हुदाँ हेलिकोप्टरमा आगो लागेको थियो ।  ।

दुर्घटनामा हेलिकोप्टरमा सवार दुईजना पाइलट र एकजना इन्जिनियरको मृत्यु भएको प्रमुख अग्नि नियन्त्रक अधिकारी देवेन्द्र पोटफोडले पत्रकारहरूसमक्ष बताएका छन् । उनले आफूहरू घटनास्थलमा पुग्दा, हेलिकोप्टर दुर्घटनाग्रस्त भएको र यसका सबै भागहरू छरिएको देखेको उल्लेख गरेका छन् ।

हेलिकप्टर विपक्षी राष्ट्रवादी कांग्रेस पार्टीले भाडामा लिएको र मुम्बईतर्फ गइरहेको स्रोतले जनाएको छ ।  

दुर्घटनाको आधिकारिक कारण अहिलेसम्म पत्ता लागेको छैन यद्यपि, स्थानीय मिडियाले दुर्घटनाको समयमा यस क्षेत्रमा घना कुहिरो लागिरहेकोले दुर्घटना भएको रिर्पोट गरेका छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro