site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
परराष्ट्र मन्त्रालयले‌ भन्यो– लेबनानमा रहेका नेपाली सुरक्षित छन्

काठमाडौं । परराष्ट्र मन्त्रालयले लेबनानमा नेपालीहरू सुरक्षित रहेको जनाएको छ । मंगलबार राति एक विज्ञप्तिमार्फत परराष्ट्रले लेबनानमा रहेका नेपाली सुरक्षित रहेको र उनीहरूको सहजताका लागि निरन्तर प्रयास भइरहेको जनाएको छ ।

"लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको छ । हालसम्म त्यहाँ रहेका नेपाली नागरिकहरू सुरक्षित रहनुभएको छ । उहाँहरूको सहजताको लागि निरन्तर प्रयत्न भैरहेको छ," मन्त्रालयले भनेको छ ।

मन्त्रालयले लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध पनि गरेको छ ।

थप कुनै सहयोग तथा जानकारी आवश्यक परे सम्पर्क गर्न आग्रह गरेको छ ।

20241001_233547-1727805615.jpg
 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  २३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro