site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अग्रिम टिकट बुकिङ रद्द गर्न यातायात व्यवसायीको माग
फाइल तस्बिर ।

काठमाडौं । यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ रद्द गर्न माग गरेका छन् ।

दसैँका निम्ति यही असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको थियो । तर, देशभर अविरल वर्षाले सडक अवरुद्ध भएको भन्दै यातायात व्यवसायीले तत्कालका निम्ति अग्रिम टिकट बुकिङ रद्द गर्न माग गरेका हुन् ।

देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा सवारीसाधन चलाउन नसकिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । “सवारीसाधन बाटोमा अलपत्र छन् । अर्कोतिर, बाटोहरूको अवस्था नाजुक छ । यस्तोमा यात्रीलाई अग्रिम टिकट मात्र दिएर हुँदैन,” उनले बाह्रखरीसँग भने ।

उक्त बुकिङ रोक्ने र अग्रिम टिकटका निम्ति नयाँ मिति तोक्न भनेर आज (मंगलबार) दिउँसो ३ बजे यातायात व्यवस्था विभागका अधिकारीसँग छलफल गर्न लागेको सिटौलाले जानकारी दिए । टिकट लिइसकेकाहरूको टिकट रद्द नहुने उनले बताए । “अब नयाँ टिकट नदिने भन्ने हो । लिइसकेका टिकटहरू रद्द हुँदैनन्,” उनले भने ।

विभागसँग व्यवसायीले बाढीपहिरोले भत्किएका, बिग्रिएका सडक तत्काल बनाइए मात्र अग्रिम टिकट दिएर सवारी सञ्चालन गर्न सकिने माग राख्ने सिटौलाले सुनाए । “हाम्रा हजारौँ गाडी विभिन्न रुटमा फसेका छन्,” उनले भने, “सडक राम्रो नभएर गाडी नै चलेन भने हामीले टिकट मात्र दिएर के गर्ने ?”

कोरोना महामारीको समयमा पनि एक दिनअघि अग्रिम टिकट बुकिङ गरेर यात्रीलाई गन्तव्यसम्म पुर्‍याएको उनले स्मरण गरे । सिटौलाले भने, “सडकको अवस्था राम्रो भयो भने हामी एक–दुई दिनअगाडि मात्र टिकट खुलाएर पनि सक्छौँ ।”

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro