site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काभ्रेका प्रजिअ, धादिङका सीडीओ र एसपी दुवै तानिए
Dabur Nepal
NIC Asia

काठमाडौं । गृह मन्त्रालयले धादिङ र काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई केन्द्र (मन्त्रालय)मा तानेको छ । धादिङको सीडीओमा गृहमै कार्यरत सहसचिव सुमन घिमिरेलाई पठाइएको छ । काभ्रेमा उमेश ढकाललाई सीडीओ बनाएर पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

धादिङमा यसअघि राजेन्द्रदेव पाण्डे र काभ्रेमा सूर्यप्रसाद सेढाइँ प्रमुख जिल्ला अधिकारी थिए । विपद्‌बारेको पूर्वसूचना हुँदाहुँदै उनीहरूले सवारीसाधन सञ्चालनमा रोक नलगाएको, तत्काल उद्धार कार्यमा समेत प्रभावकारी भूमिका निभाउन नसकेको भन्दै तानिएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवं एसपी गौतम केसीलाई पनि हेडक्वार्टरमा तानिएको छ । केसीको ठाउँमा एसपी दीपेन्द्र शाहीलाई पठाइएको निमित्त प्रहरी प्रमुख एवं एआईजी टेकप्रसाद राईले जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro