site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाढीपहिरोमा मृत्यु हुनेको संख्या १९३ पुग्यो, ३१ जना बेपत्ता
Tiktok banner adTiktok banner ad

काठमाडौं । मनसुन बाहिरिने समय नजिक रहँदा गएको बिहीबार रातिदेखि शनिबारसम्मको अविरल वर्षासँगै बाढीपहिरो र डुबानका घटनाबाट हालसम्म १९३ जनाको मृत्यु भएको छ ।

यो अवधिमा प्राकृतिक विपद्का घटनामा परी ३१ जना बेपत्ता छन् । ९६ जना घाइते भएका प्रहरीले जनाएको छ ।

सोमबार बिहान साढे ९ बजेसम्मको विवरणानुसार, तीन हजार ७०५ भन्दा बढी मानिसको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

शनिबार अपराह्नपछि अविरल वर्षा रोकिएको छ । वर्षासँगै बाढीपहिरोले सडक, पुल, सार्वजनिक सम्पत्ति, व्यक्तिका निजी घर तथा आवासलगायत भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro