site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सप्तकोसीमा पानीको बहाव घट्दो, ब्यारेजका ४० ढोका खुला

काठमाडौं । सप्तकोसी नदीमा पानीको बहाव घट्दो क्रममा छ । तर, जलसतह अझै खतरा तहमा रहेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

कन्ट्रोल रुमका अनुसार, सोमबार बिहान गरिएको मापनमा कोसी ब्यारेज भएर सप्तकोसीको बहाव प्रतिसेकेन्ड दुई लाख ५४ हजार क्युसेक छ । हाल ब्यारेजका ४० ढोका खोलिएको कन्ट्रोल रुमले जनाएको छ ।

आइतबार (हिजो) बिहान सप्तकोसीमा पानीको बहाव ५६ वर्षयताकै उच्च थियो । आइतबार बिहान ३ बजे गरिएको मापनानुसार कोसी ब्यारेज भएर सप्तकोसीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार ५४० क्युसेक थियो ।

पानीको बहाव घट्न थालेसँगै आइतबार बेलुकादेखि ब्यारेजमा पुनः दुईतर्फी यातायात सञ्चालन गरिएको कन्ट्रोल रुमले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ०९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro