site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं उपत्यकामा बाढीपहिरोबाट ३४ जनाको मृत्यु, दुई हजार घर डुबानमा

काठमाडौं । गएको बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौं उपत्यकामा ३४ जनाको मृत्यु भएको छ । हालसम्म ललितपुरमा १८, काठमाडौंमा ११ र भक्तपुरमा पाँचजनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार, विपद्का घटनामा परी १७ जना बेपत्ता छन् । १७ जना घाइते भएका छन् ।

बाढीपहिरो तथा डुबानमा परेका एक हजार ३१५ जनाको उद्धार गरिएको उनले बताए । बाढीपहिरोबाट काठमाडौंमा चार घर भत्केका छन् । भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ ।

काठमाडौंमा एक हजार ३२४, ललितपुरमा ५०० र भक्तपुरमा ४१७ गरी उपत्यकामा दुई हजार २४१ घर डुबानमा परेका छन् । विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौंमा तीन हजार ६०, ललितपुरमा एक हजार १०० र भक्तपुरमा ३५० प्रहरी खटाइएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro