site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लागुऔषध मुद्दामा पक्राउ परेका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ ७५ हजार धरौटीमा रिहा
फाइल तस्बिर ।

पोखरा । लागुऔषध मुद्दामा पक्राउ परेका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ ७५ हजार धरौटीमा रिहा भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सांसद बनेका उनलाई औषधिजन्य लागुऔषध बिक्री वितरण गरेको आरोपमा कास्की प्रहरीले भदौ २७ गते पक्राउ गरेको थियो ।

बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश भोलानाथ ढकालको इजालसले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएको हो ।

अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार, उनी धरौटी बुझाएर रिहा भइसकेका छन् ।

श्रेष्ठले पोखराको पृथ्वीचोकमा दिया फार्मेसी सञ्चालन गर्दै आएका छन् । कास्कीको पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्कमा ट्रुपेनन (टपान्टाडोल) नामक ९७ पिस ट्याब्लेटसहित पक्राउ परेका प्रकाश थापामगरको बयानका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको थियो । रोल्पाको त्रिवेणी गाउँपालिका–७ घर भएका थापामगरले उक्त ट्याब्लेट श्रेष्ठ सञ्चालक रहेको पोखराको पृथ्वीचोकस्थित दिया फार्मेसीबाट खरिद गरी ल्याएको बयान दिएका थिए । उक्त ट्याब्लेट डाक्टरको प्रेस्क्रिप्सनबिना बिक्री–वितरण गर्न पाइँदैन ।

एक व्यापारीसँग दुई करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई कारबाही गरेको थियो । उनले सांसद पदसँगै रास्वपाको साधारण सदस्यता समेत गुमाएका थिए ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro