site stats
बाह्रखरी :: Baahrakhari
देश
जलवायु र स्वच्छ ऊर्जा प्रवर्द्धनमा सघाउने अमेरिकी प्रतिबद्धता

वासिङ्टन, डिसी । संविधान दिवसका अवसरमा नेपाल सरकार र नेपाली जनताप्रति शुभकामना व्यक्त गर्दै अमेरिकाले जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय अवलम्बन तथा स्वच्छ ऊर्जा प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न प्रतिबद्ध रहेको बताएको छ । 

अमेरिकी सरकारकातर्फबाट विदेश मन्त्रालयले आज एक वक्तव्य जारी गर्दै नेपालसँगको ७७ वर्ष पुरानो मैत्री सम्बन्धलाई आफ्नो देशले अधिक महत्व दिएको जनाएको छ ।

Argakhachi Cement Island Ad

विदेशमन्त्री एन्टोनी ब्लिङ्केनका तर्फबाट उक्त मन्त्रालयले जारी गरेको प्रेस वक्तव्यमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई नेपालको आर्थिक वृद्धिमा सघाउने अनुदान परियोजनाका रूपमा व्याख्या गर्दै, न्याय र प्रजातान्त्रिक मूल्यमान्यताको प्रवर्द्धनका साथै जनस्तरको सम्बन्ध विस्तार र आर्थिक वृद्धिका निम्ति भविष्यमा पनि निरन्तर सहकार्य गर्न अमेरिका प्रतिबद्ध रहेको जनाइएको छ । 

ऐतिहासिक संक्रमणकालीन न्यायसम्बन्धी विधेयक  हालै पारित भएकोलगायत लोकतान्त्रिक प्रणालीलाई सबल बनाउन नेपालले धेरै उपलब्धि हासिल गरेको  महत्त्वपूर्ण क्षणमा अमेरिका पीडितहरूलाई न्याय दिलाउने दिशामा उक्त विधेयकको सफल कार्यान्वयनको प्रतिक्षा गरिरहेको वक्तव्यमा उल्लेख छ । रासस

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०८:४०
प्रतिक्रिया दिनुहोस्