site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
७५३ वटा सरकार चाहिँदैन, जिल्ला समन्वय समिति खारेज गर्नैपर्छ : मन्त्री गुरुङ

काठमाडौं । नेकपा (एमाले)का महासचिव तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधन गर्दा जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने बताएका छन् । ‘संविधान कार्यान्वयनको १० वर्ष : अनुभव, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा गुरुङले जिल्ला समन्वय समितिको काम नभएको टिप्पणी गरे ।

“जिल्ला समन्वय समिति खारेजको एक नम्बरमा पर्नुपर्छ, एक प्रतिशत पनि काम छैन । किन ल्याएको हो ? कसरी ल्याएको हो ? थाहा छैन,” उनले भने । 

उनले प्रदेश सरकार कमजोर बनाउन स्थानीय सरकारको अवधारणा सुरु भएको दाबीसमेत गरे ।

Dabur Nepal
NIC Asia

“मधेससँग हामी आतंकित थियौँ, कहीँ यसले देश टुक्र्याउने हो कि भनेर । प्रदेशलाई बलियो बनायो भने त दुई–तीनवटा प्रदेश मर्ज भएर काठमाडौंलाई चुनौती दियो भने त के गर्ने ? संघीयतामा जानुपर्‍यो प्रदेश त दिनुपरिहाल्यो,” उनले भने, “प्रदेशलाई कसरी कमजोर बनाउने र अधिकार तल सिफ्ट गर्ने भन्ने आधारमा ७५३ सरकारको अवधारणा सुरु भएको भन्ने सबैले बुझ्नुपर्छ ।”

मन्त्री गुरुङले ७५३ वटा स्थानीय सरकार पनि आवश्यक नभएको टिप्पणी गरे । “मलाई लागेको के हो भने ७५३ वटा सरकार चाहिँदैन । यो संविधानलाई बदनाम गर्ने, काम गरेन, धेरै खर्चिलो भयो भन्ने कुरा यसैले ल्याइराखेको छ । त्यसलाई सर्भिस प्रोभाइडरको रूपमा अमेरिका, भारतको अभ्यासको रूपमा राखौँ,” गुरुङको प्रस्ताव छ ।

वडामा एक–एकजना र पालिका अध्यक्ष र उपाध्यक्षले सेवा प्रवाह गर्न सक्ने उनको भनाइ छ । उनले कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा पालिकाको योगदान नभएको समेत जिकिर गरे । 

“नेसनल जीडीपीमा गाउँपालिकाले केही योगदान गरेको छैन । उत्पादन र उत्पादकत्वमा उसको योगदान छैन । गरिबी घटाउने कुरामा पनि उसको योगदान छैन,” उनले भने । 

सात प्रदेश सरकारलाई बलियो बनाएर जानुपर्ने भनाइ उनको छ । पालिकाको अनुगमनको जिम्मा प्रदेशलाई दिँदा उपयुक्त हुने भनाइ उनको छ । 

निर्वाचन प्रणालीलाई अस्थिरताको दोष दिन नमिल्ने भनाइ उनको छ । उनले समानुपातिक निर्वाचन प्रणालीले अस्थिरता नल्याएको बताए ।

“प्रणालीलाई दोषभन्दा हाम्रो सोचाइमा दोष छ । प्रत्यक्षमा मात्रै गएर समस्या समाधान हुँदैन,” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro