site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहकारी क्षेत्र बाँसको पिल्लरको रूपमा छ : सभापति थापा

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले सहकारी क्षेत्र कमजोर रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा छानबिन समितिको प्रतिवदेन बुझाउँदै उनले सहकारी क्षेत्र बाँसको कमजोर पिल्लरको रूपमा रहेको बताए । उनले निजी क्षेत्र फलामको पिल्लर, सार्वजनिक क्षेत्र काठको पिल्लरको रूपमा रहँदा सहकारी क्षेत्र बाँसको पिल्लरको रूपमा रहेको बताएका हुन् ।

उनले भने, “तीन वटा पिल्लरमध्ये सहकारी बाँसको कमजोर पिल्लरको रूपमा छ । निजी क्षेत्र फलाम, सार्वजनिक क्षेत्र काठ र सहकारी क्षेत्र बाँसको पिल्लरको रूपमा रहेको छ ।”

सभापति थापाले पिल्लरहरू कमजोर हुँदा भारले थिच्ने बताए । “यो पिल्लरहरूको दुर्दशा के हुन्छ भने, जता कमजोर भयो त्यतै भारले थिच्छ । आज सहकारी क्षेत्र यो नियतिमा छ ।” थापाले सहकारी क्षेत्र धर्मराएको भए पनि यसको प्रचुर सम्भावना रहेको जिकिर गरे । 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro