site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डेडिकेटेड र ट्रंकलाइनको रकम बुझाउनु नपर्ने भन्दै दायर रिटमा छलफलमा बोलाउने आदेश 

काठमाडौं । डेडिकेटेड र ट्रकलाइनको रकम बुझाउनु नपर्ने भन्दै दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सो जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश गरेको छ । 

अधिवक्ता दिपक अधिकारीसहित १० जनाका तर्फबाट परेको रिटमा न्यायाधीश महेश शर्मा पौडेलको इजलासले अन्तरिम आदेशका लागि निर्णय गर्न दुवै पक्षलाई बोलाउने आदेश गरेको हो । अधिवक्ता अधिकारीसहित १० जनाका तर्फबाट आइतबार रिट दायर भएको थियो । 

Dabur Nepal
NIC Asia

व्यवसायीहरूले तिर्न बाँकी आठ अर्ब ४१ करोड उठाउन विद्युत् प्राधिकरणले ताकेता गरिरहेको छ । त्यही विषयलाई लिएर संसद्‌मा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षीको दोहोरीसमेत चलेको छ । तर, रकम बुझाउनुपनर्ने पक्षले बुझाउनु नपर्ने जिकिर गर्दै अधिकारीसहितले रिट दायर गरेका हुन् ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro