site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नजराना बुझाउनु पर्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निकायमा हुनुपर्ने कामको फाइल नरोकिने बताएका छन् ।

काठमाडौंको बूढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटेल लेमट ट्री प्रिमियरको शनिबार उद्घाटन गर्दै उनले कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्नेबारे ‘ट्रयाकिङ’ प्रविधि बनाइएको जानकारी गराए ।

व्यवसायीले निर्बाध रूपमा व्यावसायिक काम गर्न सक्ने उनले उल्लेख गरे । काम गर्न कहीँ कतै नजराना (कोसेली/उपहार) बुझाउनु नपर्ने उनले बताए ।

प्रधानन्त्री ओलीले सरकार मुलुकलाई नयाँ ढंगले अगाडि बढाउने प्रक्रियामा रहेको सुनाए । सुशासनसहित छिटोछरितो राज्यका सेवा जनतालाई दिन सरकार अग्रसर रहेको उनले स्पष्ट पारे ।

उनले व्यवसायीलाई सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुन नदिने प्रतिबद्धता जनाए ।

साढे दुई अर्ब रुपैयाँको लगानीमा पाँच वर्षमा उक्त होटेल निर्माण गरिएको जनाइएको छ । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro