site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सरकारले पर्यटन विकासमा सघाउँछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  स्थानीय बूढानीलकण्ठमा निर्मित पाँचतारे होटेल लेमट ट्रि–प्रिमियरको आज उद्घाटन गरेका छन् ।  प्रधानमन्त्रीले दुई अर्ब ५० करोडको लगानीमा निर्मित होटेलको उद्घाटन गरेका हुन् ।  

होटेलका माध्यमबाट देश विकासको यात्रामा टेवा पुग्ने उनको विश्वास छ । प्रधानमन्त्री ओलीले पर्यटकलाई आकर्षित गर्न नेपालमा धेरै सुन्दरस्थलका साथै उपयुक्त वातावरण भएकाले सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । 

Dabur Nepal
NIC Asia

प्रधानन्त्री ओलीले सुशासनसहित जनतालाई छिटोछरितो सेवा दिन सरकार क्रियाशील रहेको बताए । 

“व्यवसायीहरु निर्वाधरुपमा व्यावसायिक काम गर्न सक्नुहुन्छ । कामका लागि कहीँकतै नजराना बुझाउनु पर्दैन । सरकारी निकायले गर्ने कामको फाइल रोकिँदैन । कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्ने पत्ता लगाउन हामीले प्रविधि बनाइसकेका छौँ,” प्रधानन्त्री ओलीले भने, “तपाईंहरु पर्यटकलाई सेवा र सत्कार दिने काममा ढुक्कले लाग्नुस् । सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुनेछैन ।” रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro