site stats
बाह्रखरी :: Baahrakhari
देश
महाकाली नदी सर्तकता तहनजिक
फाइल तस्बिर ।

काठमाडौं । महाकाली नदी जलसतह सर्तकता तहनजिक पुगेको छ । महाकाली नदी, डडेल्धुरास्थित पारीगाउँ बाढीमापन केन्द्रमा जलसतह सर्तकता तह (६.८ मि.) नजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नदीको बहाव बढ्दो रहेकोले डडेल्धुरा र कञ्चनपुरको नदी तटीय क्षेत्रमा रहनेले दिउँसो २ बजेसम्मै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्