देश
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छापा मारेर ५० जनालाई नियन्त्रणमा लिएको छ । अवैधरूपमा कल सेन्टर चलाएर ठगी गरेको आरोपमा ललितपुरको एकान्तकुनाबाट ५० जनालाई नियन्त्रणमा लिइएको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
उनीहरूले एउटा घर भाडामा लिएर अवैधरूपमा कल सेन्टर सञ्चालन गरेको आरोप छ । सीआईबीले नियन्त्रणमा आएकामाथि थप अनुसन्धान थालेको छ ।
नियन्त्रणमा परेकामध्ये दुईजना चिनियाँ नागरिक छन् । एकजना फिलिपिन्सका नागरिक छन् । अन्य सबै नेपाली हुन् ।
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१ १४:१२
प्रतिक्रिया दिनुहोस्