site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नौ दिनमा थपिए १३ सय डेंगी संक्रमित, देशभर आठ हजार बढीमा संक्रमण

काठमाडौं । यो सेप्टेम्बरका नौ दिनमा (१ देखि ९ सम्म) देशभर १३ सयभन्दा बढी डेंगी संक्रमित थपिएका छन् । पछिल्ला नौ दिनमा एक हजार ३१३ जनामा डेंगी पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

योसँगै यो वर्ष (सन् २०२४ सेप्टेम्बर ९ सम्म) देशभर डेंगी संक्रमितको संख्या आठ हजार १५९ पुगेको छ ।

सबैभन्दा धेरै तनहुँमा एक हजार ३०६ जना संक्रमित भएका छन् । कास्कीमा एक हजार ४०, स्याङ्जामा ७४९, काठमाडौंमा ६८७ र चितवनमा ५८९ जनामा डेंगी पुष्टि भएको छ ।

यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५०० भन्दा कम छ । यो वर्ष डेंगी संक्रमणबाट पाँचजनाको मृत्यु भइसकेको छ ।

हुम्ला र डोल्पाबाहेकका ७५ जिल्लामा डेंगी फैलिएको ईडीसीडीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ११:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro