site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीमाथि खनिएका सांसदलाई कर्णालीका भीसीको प्रश्न– संस्थाका लागि के योगदान छ ?
SkywellSkywell

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले भदौ २३ गतेका निम्ति तय गरेको पहिलो दीक्षान्त समारोह स्थगित भयो । प्रतिष्ठानले भदौ २२ गते सूचना जारी गरेर विशेष प्राविधिक कारणवस दीक्षान्त समारोहसभा तथा शैक्षिक भवन उद्घाटन स्थगित गरिएको जानकारी गरायो । तर, आँखा उपचार केन्द्रको उद्घाटन र डब्लूएचओले हस्तान्तरण गर्ने ईएमआर सिष्टम हस्तान्तरण कार्यक्रम सञ्चालन हुने जानकारी गराइयो ।

दीक्षान्त समारोह स्थगित गरिनुको एउटै कारण प्रतिष्ठानका कुलपति अर्थात् प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुन नसक्नु हो । दीक्षान्त कात्तिक २८ गतेका लागि सारियो ।

दीक्षित हुन जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहका गरी ५६ विद्यार्थी उपस्थित थिए । स्वास्थ्यसचिव डा. रोशन पोख्रेल, राष्ट्रिय योजना आयोगका सदस्य, वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइट, सीनेट सदस्यहरूलगायत काठमाडौंबाट पुगेका अतिथिहरूसहित कार्यक्रम भव्य रूपमा सम्पन्न भयो ।

Dabur Nepal
NIC Asia

सूचनाअनुरुप नै आँखा उपचार केन्द्रको उद्घाटन लगायतका कार्यक्रम गरियो । तीनदिनसम्म स्वास्थ्यशिविर समेत चलाइयो ।

यता संघीय संसद्‌मा भने प्रधानमन्त्री अनुपस्थित भएकै कारण दीक्षान्त रोकिएको र विद्यार्थीको दीक्षित हुने हक खोसिएको भन्दै उनको चर्को आलोचना भयो ।

भदौ २४ गतेको प्रतिनिधिसभा बैठकमा पूर्वशिक्षामन्त्री समेत रहेकी सांसद सुमना श्रेष्ठले दीक्षान्त समारोह रोकिएको विषयलाई लिएर उनले प्रधानमन्त्रीको कार्यक्षमतामाथि प्रश्न उठाइन् । “अन्तिम समयमा आएर कार्यव्यस्तता देखाउने, कार्यव्यस्तता मिलाउन नसक्ने कस्तो हो, उपकुलपतिको कार्यक्षमतामाथि पटक पटक प्रश्न उठ्न थाल्यो,” उनले बोलेकी थिइन् ।

Sumana-Shrestha-1725881256.jpg
 

जुम्लाकै सांसद ज्ञानेन्द्र शाहीले प्रतिष्ठानको दीक्षान्त समारोहको तयारीका क्रममा भएको खर्च प्रधानमन्त्रीको व्यक्तिगत सम्पतिबाट असुलउपर गर्नुपर्ने भन्दै उनको आलोचना गरे । “भ्युटावर भए दौडेर जानुहुन्थ्यो होला, प्रतिष्ठान भयो जानुभएन,” शाहीले संसद्‌मा बोलेका थिए ।

आजको प्रतिनिधिसभा बैठकमा यो विषय चर्को रूपमा उठ्यो । पूर्वशिक्षामन्त्री तथा सांसद देवेन्द्र पौडेलले कर्णालीकै विषयलाई लिएर फेरि प्रधानमन्त्रीमाथि प्रहार गरे । “कर्णालीको दीक्षान्त समारोहमा जान कार्यव्यवस्तताको कारण देखाउने, के गर्दै हुनुहुन्छ प्रधानमन्त्री, कर्णालीलाई हेपिएको होइन ?” उनले प्रश्न गरे ।

सांसदहरूले यथार्थ नबुझी बोले, संस्थाकै बद्नाम गरे
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति (भीसी) डा. मंगल रावलको भने दीक्षान्त समारोहको विषयलाई लिएर सांसदहरूले उठाएका सवालप्रति आपत्ति जनाए । “उहाँहरूले यथार्थ नबुझी प्रधानमन्त्रीलाई गाली गर्नुभयो, त्यतिमात्रै होइन, प्रतिष्ठानलाई पिछडिएको जस्ता सहानुभूति देखाएर बदनाम गराउनुभयो, मलाई एकदमै नराम्रो लागेको छ,” डा. रावलले बाह्रखरीसित भने ।

प्रधानमन्त्रीले जेन्युनकारण देखाएर आफूसँग फोनमा कुरा गरेर नै आउन नसक्ने बताएको उनले जानकारी दिए ।दीक्षान्त समारोहलाई प्रधानमन्त्रीले पहिलो प्राथमिकतामा राखे पनि त्योभन्दा धेरै प्राथमिकतामा राख्नुपर्ने कारण आइपरेपछि समारोह स्थगित गरिएको डा. रावलले बताए ।

IMG-20240910-WA0015-1725977531.jpg
 

सांसदहरूले प्रधानमन्त्री र आफूलाई समेत नसोधी अनावश्यक विषय उठाएर प्रतिष्ठानको गरिमाको जबरजस्ती बेइज्जत गरेको उनको बुझाइ छ ।

कर्णालीमा एमबीबीएस सुरु गर्ने निर्णय, एमडीएमएस शिक्षालाई यो तहसम्म पुर्‍याउने, शैक्षिक भवन निर्माण लगायतका महत्त्वपूर्ण उपलब्धिहरूमा प्रधानमन्त्री ओलीको ठूलो योगदान रहेको डा. रावलले बताए । “उहाँ कर्णालीप्रति असहयोगी भएको भए यो सबै गर्नुहुन्थ्यो ? बरु संसद्‌मा बसेर चर्का कुरा गर्नेहरूलाई मेरो प्रश्न छ– तपाईंहरूले यो संस्थाका लागि के कति योगदान गर्नुभयो ?” उनले भने ।

के थियो प्रधानमन्त्री कर्णाली नजानुको कारण ?
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा प्रधानमन्त्री ओली जाने निकै अघिदेखिको पूर्वनिर्धारित कार्यक्रम थियो । तर, अन्तिम समयमा स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई लामो यात्रा नगर्न चिकित्सकले सुझाव दिएको ओलीनिकट स्रोतले बतायो । “उहाँलाई निरन्तर फलोअपमा राख्नुपर्ने, लामो हवाई यात्रा गराउनु नहुने भन्ने सुझाव आएपछि हामीले जोखिम मोलेर नजाने निर्णय गरेका हौँ,” स्रोतले भन्यो ।

विषयगत मन्त्रीहरू पनि प्रधानमन्त्रीसँगै हेलिकोप्टरमा जाने कार्यक्रम रहेकाले जान नपाउँदा समारोह स्थगित नै गरिएको थियो ।

IMG-20240910-WA0013-1725977531.jpg
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu