site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
रोयल इन्फिल्ड हिमालयन ४५० को टेस्ट राइड ट्रयाक सम्पन्न

काठमाडौं । रोयल इन्फिल्डले नयाँ हिमालयन ४५० टेस्ट राइड ट्रयाक सम्पन्न गरेको छ । नेपालका निम्ति आधिकारिक ब्रिकेता अल्फा अटोमोटिभले टेस्ट राइड ट्रयाक एक्सपिरिएन्स यही भदौ २१ देखि २३ गतेसम्म टेकुमा सम्पन्न गरेको हो ।

अफ–रोड ट्रयाकमा हुने यस अनुभवले राइडरलाई हिमालयन ४५० को रोमाञ्चकता र साहसिक क्षमताको प्रत्यक्ष अनुभव प्रदान गरेको कम्पनीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

अल्फा अटोमोटिभले नाडा अटो सो २०२४ मा रोयल इन्फिल्डको नयाँ मोडल हिमालयन ४५० सीसी शेर्पा इन्जिन लन्च गरेको थियो । हिमालयन ४५० को प्रारम्भिक प्रतिमूल्य नौ लाख ८९ हजार ५०० रुपैयाँ कायम छ । यसको टप भेरियन्टको प्रतिमूल्य १० लाख ३९ हजार ५०० कायम छ ।

हिमालयन ४५० का चार भेरियन्टमा काजा ब्राउनको नौ लाख ८९ हजार ५००, स्लेट पपी ब्लु/स्लेट हिमालयन साल्टको नौ लाख ९९ हजार ५००, क्यामेट ह्वाइटको १० लाख १८ हजार ५०० र हान्ले ब्ल्याकको प्रतिमूल्य १० लाख ३९ हजार ५०० रुपैयाँ कायम छ ।

४५२ सीसी इन्जिन र आधुनिक एबीएस प्रणाली रहेको मोटरसाइकल नेपालका सहरी, पहाडी तथा हिमाली सडकमा एडभेन्चर यात्रा गर्न उत्कृष्ट हुने कम्पनीको दाबी छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro